Shikhar Insurance
National Life

पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १७:२७
Hyundai
NCELL
NIMB

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्