Shikhar Insurance
National Life

अन्ततः प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता,स्वाप रेसियो १ः१

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार २०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साे सम्झौतापत्रमा शुक्रबार बैंकका अध्यक्षद्वयले काठमाडौंकाे होटल मोरियटमा एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।

लामो समयको नेगोसिएशन पछि प्रभु र सेञ्चुरी बैंकबीच १ बराबर १ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । सो सम्झौताअनुसार मर्जरपछि प्रभु बैंककै सीइओ रअध्यक्ष रहने छन् भने सञ्चालक समितिमा सेञ्चुरी बैंकबाट ३ जना प्रतिनिधि राख्ने सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छभने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्