Shikhar Insurance
National Life

अर्थमन्त्री जनार्दन शर्माले सम्हाले कार्यभार, अर्थ सचिव मरासीनी अनुपस्थित

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १९:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पदभार ग्रहण गरेका छन् । मन्त्री शर्माले राष्ट्रपति समक्ष शपथ ग्रहण पछि साउन १५ गते (आइतबार) साँझ नै अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

मन्त्री शर्माको स्वागतको लागि मन्त्रालयले सबै कर्मचारीलाई कार्यालय समय सकिएपछि घर नजान निर्देशन दिएको थियो । मन्त्रालयमा अर्थमन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्कर लगायत सबै कर्मचारीले भव्य रुपमा ले स्वागत गरेका छन् । अर्थसचिव मधु मरासिनी भने आइतबार बिदामा रहेको हुँदा मन्त्री शर्माको स्वागतमा उपस्थित थिएनन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा गत जेठ १४ गते राती अर्थमन्त्रालयकममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गरेको विषय बाहिर आएपछि मन्त्री शर्मा विवादमा तानिए । सोही विवाद नेकपा एमालेले विरोध गर्दै संसदमा छानबिनको माग गरेको थियो । छानबिनमा सहजिकरण गर्ने भन्दै मन्त्री शर्माले सोही दिन बैठकमा बोल्दै राजिनामा दिएका थिए । उक्त विवादमा छानिबिन गर्न बनेको संसदीय छानबिन समितिले गत शुक्रबार उनको आरोप प्रमाणित नभएको प्रतिवेदन ससदमा पेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः नियुक्ति गरेका हुन् ।

बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन:  शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्