काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किने भएका छन् । उनलाई माओवादी केन्द्रले अर्थमनत्री बनाउने निर्णय गरी प्रधानमन्त्रीलाई शेर बहादुर देउवालाई पत्र बुझाइसकेको स्रोतले बताएको छ ।
‘पार्टीको निर्णय बुझाउन अध्यक्ष ज्यु बालुवाटार जानु भएको छ, करिब एक घण्टा भित्र प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएर आदेश जारी हुनसक्छ ।’– अर्थमन्त्रालयल स्रोतले सिंहदरबारसँग भन्यो ।
गत असार २२ गत प्रतिनिधिसभाको बैठकमा पदबाट राजिनामा दिएका थिए । उनले चालु आर्थिक वर्षको बजेट निर्माण गत जेठ १४ गते राती मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि छानबिनमा सहजिकरण गर्न भन्दै राजिनामा दिएका हुन् । तर, छानसबन समितिले उनलाई लागेको आरोप प्रमाणित नभएको प्रतिवेदन पेश गरिसकेको छ । शर्माले आजै पद तथा गोपनियताको सफत ग्रहण गर्ने उनको भनाइ हो ।
प्रतिक्रिया दिनुहोस्