Shikhar Insurance
National Life

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १२:३३
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ९ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ ३ अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ ३ अर्ब ८६ करोड ४० लाख, अन्तः शुल्कतर्फ २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ ३ अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ ५ अर्ब २२ करोड ४० लाख, अन्तः शुल्कतर्फ २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ ३ अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्