काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । आइतबार छापावल सुन शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । आज छापावल सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार ९५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार तेजावी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १२ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्