काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक १.७८ अंकले बढेर २,१४२.३० को विन्दुमा पुगेको छ । त्यस्तै ठुला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.१० अंकले घटेको छ ।
आइतबार प्रिआपन सेसनमा १७ कम्पनीको ४ हजार १ सय ९५ कित्ता सेयर १२ लाख १९ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएका १४ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा आँखुखोला जलविद्धत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भए ।
सो दिन ४ कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले बढेको छ । जानाकी फाइनान्स, आँखुखोला जलविद्धत,आरम्भ चौतारी लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १.९९ प्रतिशतले बढेको हो ।
समूहगत उपसूचकहरु ६ वटा उपसूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्