काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शैयामा भइरहेको छ ।रासस
प्रतिक्रिया दिनुहोस्