Shikhar Insurance
National Life

सिटिजन्स बैंक र तिनाउ हस्पिटल बीच समझदारी, बैंकका ग्राहकले हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १९:४१
Hyundai
NCELL
NIMB

रुपन्देही । सिटिजन्स बैंकका ग्राहकहरूले तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक इन्टरनेसनल  लिमिटेडका र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्