Shikhar Insurance
National Life

मर्जरले रोक्का भएको रिलाइन्स लाइफको सेयरमा पोजेटिभ सर्किट, नेप्से भन्छः‘गल्ती भयो माफ पाँऊ’

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जर प्रकृयामा रहेको रिलायन्सलाइफ इन्स्योरेन्सको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । गत असार २९ गते सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कम्पनीको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ ।

तर, मर्जर प्रकिया शुरु भएको १५ दिन नबित्दै साउन १३ गते शुक्रबार रिलायन्स लाइफको सेयर कारोबार नेप्सेले खुला गर्यो । सो दिन कम्पनीको सेयर ३ सय ३५ रुपैयाँबाट शुरु भई ३ सय ६८ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको हो । शुक्रबारको २ घण्टाको कारोबारमा कम्पनीको सेयर मूल्यकमा पोजेटिभ सर्किट समेत लागेको हो । कम्पनीको सेयर मूल्यमा ३५.५० प्रतिशतको वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मर्जरको प्रकृयामा रोक्का गरिएको कम्पनीको कारोबार हुनुमा नेप्सेले आफ्नो गल्ती स्वीकारेको छ । कारोबार बन्द भएपछि नेप्सेले सुचना जारी गर्दै भनेको छ–‘गाभ्ने र गाभिने प्रकृयामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा नेप्सेमा उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधा प्रति नेप्से क्षमा प्रार्थी छ ।’

रोक्का रहेको कम्पनीको सेयर कारोबार नेप्सेमा प्रविधिक समस्याका कारण पुन शुरु भएको हुन सक्ने नेप्सेका प्रवक्त मुराहरी पराजुलीले बताए । प्राविधक टिमले सो विषयमा छानबिन गरिरहेको हुँदा खास समस्या हाल प्रष्ट नभएको उनको भनाइ हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्