Shikhar Insurance
National Life

सुनको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिन्दु धर्मालम्बिहरुको चार्ड हरितालिका तिज नजिकिदै गर्दा सुनको मूल्य बढ्दै गएको हो । पर्वको बेला सुनका गरगहना बढी प्रयोग हुने गर्छ । सो काराण्ले सुनको गरगहनाको माग बढ्दै गएकोले मूल्य पनि बढ्दै गएको छ ।

शुक्रबार छापावल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज छापावल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार तेवाजी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ३ सय रुपैयाँका खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा निर्धारण गर्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्