काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्नेबारे छानविन गर्न गठित समितिको प्रतिवेदन तयार भएको छ । थप गरिएको समय अवधीको अन्तिम दिन समितिले प्रतिवेदन तयार पारेको हो । समितिले लक्ष्मण लाल कर्णलाई समिति संयोजक बनाउने निर्णय गरेको थियो ।
‘हामीले लक्ष्मणलाल कर्ण जीलाई सहमतिमै संयोजक चयन गरेका छौं, प्रतिवेदन पनि तयार भएको छ, भोली सभामुख समक्ष पेश हुनेछ’, समिति सदस्य भानुभक्त ढकालले सिंहदरबारसँग भने । उनले प्रतिवेदनमा के लेखिएको भन्ने कुरा समिति सचिवले मात्रै बोल्ने बताए । अहिले आफुहरुले केहि पनि नबोल्ने र भोली सभामुखलाई प्रतिवेदन बुझाएपछि नै सबै कुरा थाहा हुने उनले बताए ।
स्रोतका अनुसार प्रतिवेदनमा जनार्दन शर्मालाई दोषी देखाईएको छैन् । एमाले सांसदहरुले सुरुमा प्रतिवेदनमा असहमति जनाएको भएपनि अन्तिम समयमा भने खासै बिरोध गरेनन् । एमाले सांसदहरुले मुल प्रतिवेदनमै आफ्ना असहमति उल्लेख गर्ने तयारी गरेको स्रोत बताउँछ । बहुमत सदस्यहरुले शर्मालाई क्लिन चिट दिएर प्रतिवेदन तयार पारेका छन् भने एमाले सदस्यहरुले आफ्ना असहमतिका केहि बुँदा उल्लेख गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्