विराटनगर । अब प्रदेश न १ को राजधानी बिराटनगरबाटै लाइसेन्सको ट्रायल दिन पाइने भएको छ । प्रदेश १ सरकारले विराटनगरबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने प्रक्रिया सुरु गरेको हो ।
बिहीबार विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्सको अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ । आवेदन दिनेहरुका लागि बिराटनगरमा नै लिखित र प्रयोगात्मक परीक्षा दिने व्यवस्था गरिएको छ ।
हालसम्म प्रदेश १ मा इटहरी र विर्तामोडबाट मात्रै हुने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षालाई सेवा कार्यालयमार्फत धनकुटा, उदयपुर र इलाममा विस्तार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्