एजेन्सी । अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भने – अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।
बुधबार उनले सो आग्रह गरेका हुन् । उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताए । राष्ट्रपति बाइडेनले भने – यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।
आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन् । यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उनले सबैलाई आग्रह गरे ।
उनले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्