Shikhar Insurance
National Life

दर्जन वाणिज्य बैंकको खुद नाफा पौने ३४ अर्ब, लगानीकर्तालाई लाभांश दिने क्षमता एभरेष्टको उच्च

खुद नाफामा स्टयाण्डर्ड चार्टर्डको ग्रोथ अब्बल
सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये हालसम्म १२ वटाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी बैंकहरुले गत आवको असार मसान्तसम्म कुल ३३ अर्ब ७१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९.९० प्रतिशतले बढी हो । अघिल्लो आवमा यी ९ वाणिज्य बैंकहरुले कुल २५ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
गत आवको वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुमा एभरेष्ट, एनआइसी एशिया, ग्लोबल आइएमई, सनराइज, सानिमा, प्रभु, सिटिजन्स, लक्ष्मी, एनसीसी, स्टयाण्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंक रहेका हुन् ।

खुद नाफामा स्टयाण्डर्ड चार्टर्डको ग्रोथ अब्बल
वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी स्ट्याण्डर्ड चार्डर्ट बैैकले खुद नाफामा वृद्धि गरेको छ भने, सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्ट्याण्डर्ड चार्डट बैंकले अघिल्लो आवमा आर्जित खुद नाफालाई ६२.२७ प्रतिशतले वृद्धि गरी गत आवमा २ अर्ब २६ करोड रुपैयाँ पुर्याएको हो । ग्लोबल आइएमई बैंकले गत आवको असार मसान्तसम्म २५ प्रतिशतले खुद नाफामा वृद्धि गरी कुल ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवमा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, नाफाको वृद्धिमा दोस्रो नम्बरमा एनसीसी बैंक र तेस्रोमा प्रभु बैंक रहेका छन् । एनसीसी बैंकले गत आवमा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी २ अर्ब २ करोड रुपैयाँ पुर्याएको हो । भने, प्रभु बैंकले अघिल्लो आवको खुद नाफामा प्रभु बैंकले ५१.११ प्रतिशतले वृद्धि गरी २ अर्ब ६० करो्ड रुपैयाँ पुर्याएको छ ।

साथै, अघिल्लो आवको खुद नाफामा गत आवमा सनराइज बैंकले ४८.६९ प्रतिशत, एभरेष्ट बैंकले ४३.७७ प्रतिशत, एनआइसी एशिया बैंकले ३८.८६ प्रतिशत, माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत, सिटिजन्स बैंकले २४.७६ प्रतिशत, लक्ष्मी बैंकले १.७६ प्रतिशतले वृद्धि गरेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सानिमा बैंकको खुद नाफा भने घटेको छ । अघिल्लो आवमा सानिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा १.०७ प्रतिशतले घटेर गत आवमा बैंकको खुद नाफा २ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ ।

सेयरधनीलाई लाभांश वितरण क्षमतामा एभरेष्ट बैंक अब्बल

गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्यले कुल २१ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा कुल १८ अर्ब ४१ करोड रुपैयाँ थियो । यी १२ वाणिज्य बैंकमध्ये गत आवमा सबैभन्दा बढी वितरण योग्य नाफा पनि एभरेष्ट बैंकको नै रहेको छ । साथै, ग्लोबल आइएमई बैंक दोस्रो र तेस्रोमा एनआइसी एशिया बैंकको वितरण योग्य नाफा बढी छ ।

गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको मौज्दात चुक्तापुँजी र आर्जित वितरण योग्य नाफालाई गणना गर्दा यी १२ वाणिज्य बैंकले गत आवको नाफाबाट सेयरधनीलाई औषतमा १४.७९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । भने, १२ वाणिज्य बैंकले गत आवको नाफाबाट २.५३ प्रतिशतदेखि ४१.१५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने सम्भावना छ । जसमा सबैभन्दा बढी सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ ।

गत आवको असार मसान्तसम्म ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको एभरेष्ट बैंकले सो अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । साथै, ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआइसीले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी कायम स्टयाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई १८.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । साथै, गत आवको असार मसान्तसम्म ११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसीसी बैंकले सो अवधिमा १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सानिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । गत आवको असार मसान्तसम्म माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १४ अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । लक्ष्मी बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

गत आवमा सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । साथै, १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको सनराइज बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्