Shikhar Insurance
National Life

फेरी नयाँ उचाइमा डलर

सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । केहि समयदेखि अमेरिकी डलरको मूल्य निरन्तर बढीरहेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रको भाउ निरन्तर कमजोर बन्दै गएको हो । नेपाल राष्ट बैंकले बिहीबरको लागि अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२८ रुपैयाँ १४ पैसा तोकेको छ । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

राष्ट्र बैंकले बिहीबारको लागि ताकेको अमेरिकी डलरको विनिमय दर अघिल्लो दिनको तुलनामा १८ पैसा बढी हो । अघिल्लो दिन राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १२७ रुपैयाँ ९६ पैसा तोकेको थियो । पछिल्लो समय विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि यूरो विनिमय दर(बिक्री मूल्य) १३० रुपैयाँ ०५ पैसा छ । यूके पाउन्ड इस्ट्रलिङको विनिमय दर (बिक्री मूल्य) १५४ रुपैयाँ ६१ पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा १.८५ रुपैयाँ बढी हो ।

जापानी एन नेपालको १० रुपैयाँ बराबर ९ रुपैयाँ ३७ पैसा रहेको छ । यो अघिल्लो निदको तुलनामा ०.०१ पैसा बढी हो । त्यस्तै साउथ कोरीयन वन नेपाली १०० रुपैयाँ बराबर ९ रुपैयाँ ७६ पैसा रहेको छ । अघिल्लो दिन ९ रुपैया ७७ पैसा रहेको थियो । साउथ कोरियन वन नेपाली रुपैयाँ भन्दा धेरै कमजोर बन्दै गएको हो ।

यस्तो छ आजको विनिमय दर

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्