Shikhar Insurance
National Life

फोहोर फाल्न नागरिकले पैसा तिर्नु पर्दैन, उल्टै पैसा पाउँछन्ः मन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्नेगरि काम थाल्न लागेको बताएका छन् । मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।

फोहर बापत जनताले मासिक पैसा तिर्नुपरेकोमा फोहर दिएबापत जनतालाई उल्टै पैसा दिनुपर्ने गरि काम थाल्न निर्देशन दिएको बताए । मलुक बनाउने जिम्मा हामी सबैको हो भन्दै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक कुद्ने, फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।|

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थानीयबासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर अहिलेसम्म टुङ्गो नलागेकोले अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्नेगरि काम सुरु गर्ने मन्त्री चौधरीको भनाई थियो ।
मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असाढ महिनामा मात्र २६.२८ प्रतिशत वित्तिय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाई थियो । |

विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जनगरि राष्ट्रिय सहरी नीति २०७९ मन्त्रीपरिषदमा पेश भएको, जनकपुर उपमहानगरपालिकामा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोडको लागतमा आधुनिक बसपार्कको शिलन्यास भएको, पोखरामा करिब १ अर्ब र तिलोत्तमा नगरपालिकामा करिब ७८ करोडको लागतमा सडक निर्माण कार्यको सम्झौता भएको, उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माण कार्यको लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थी देखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठुला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको समेत मन्त्री चौधरीले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्