Shikhar Insurance
National Life

एभरेष्ट बैंकको खुद नाफामा ४३.७७ %को वृद्धि, लाभांश क्षमता ४१.१५ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ४३.७७ प्रतिशत अर्थात् ७७ ककरोड ५१ लाख रुपैयाँ थप गरेको हो ।

बैंकद्वारा जारी गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ कायम हुँदा गत आवमो नाफाबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा बैंकले १ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ३७.१५ प्रतिशत बढी हो । साथै सो अवधिमा बैंकले ७ अर्ब ५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा, पीइ रेसियो १६.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ ४६ पैसा, र तरलता अनुपात २८.२४ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशत, सीडी रेसियो ८५.१५ प्रतिशत, बेसरेट ८.८१ प्रतिशत र स्प्रेडदर ४.२३ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्