काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक हरियाली भएको छ । सो सेसनमा नेप्से परिसूचक १.३६ अंकले बढेर २,११३.३५ को विन्दुमा पुगेको हो ।
त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.३९ अंकले बढेर ४०३.३१ को विन्दुमा पुगेको छ ।
सो सेसनमा विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको स्पेसल प्रिओपनमा पहिलो कारोबार ३३४.०२ रुपैयाँमा ओपन भएर ३४७.४० रुपैयाँ पुगेको छ ।
प्रओपन सेसनमा कारोबारमा आएका ८ कम्पनीको सेयर मूल्य बढेको छ । सो सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
प्रिओपन सेसनमा जिवन विकास लघुवित्त र एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढेको हो ।
सो सेसनमा ९ कम्पनीका १ हजार ३३ कित्ता सेयर ९० लाख २० हजार रुपैयाँमा खरिदबिक्री भए । प्रिओपन सेसनमा १३ वटा समूहगत उपसूचकहरु मध्ये ३ वटा उपसूच बढेको छ ।
प्रतिक्रिया दिनुहोस्