Shikhar Insurance
National Life

टाटा नेक्सन ईभीको नेपाली बजारमा प्रथम वर्ष पूरा

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेको हो ।

नेपाली बजारमा विद्युतीय गाडी टाटा नेक्सन ईभी सिप्रदीले ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको कम्पनीको दाबि रहेको छ । नेपाली विद्युतीय गाडी बजारको बढी अंश नेक्सन इभीले ओगटेको कम्पनीको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि रहेको यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । “फास्ट चार्जिङ्ग“ र “स्लो चार्जिङ्ग“ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीको दबी रहेको छ ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप – “इजी“ एप–मार्फत चार्ज गर्न सकिने तथा यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेको समेत कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्