Shikhar Insurance
National Life

बिन्ध्यवासीनी हाइड्रोपावर कम्पनीको १ करोड कित्ता सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिन्ध्यवासीनी हाइड्रोपावर कम्पनीको सेयर सुचिकृत भएको छ । कम्पनीले आज (साउन ११ गते बुधबार) १ करोड कित्ता सेयर नेप्सेमा सुचिकृत गरेको हो ।

नेप्सेमा सेयर सुचिकृत भएपछि बिहिबार देखि कम्पनीको सेयर कारोबार दोस्रो बजारमा गर्न सकिने छ । कम्पनीको सिम्बल BHDC बाट कारोबार हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रकम १११.३४ देखि ३३४.०२ रुपैयाँसम्म तोकेको छ । यो कम्पनीको नेटवर्थको ३ गुनाबढी मूल्य हो । बिहीबार प्रिओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित कारोबार हुनेछ ।

कम्पनीले गत जेठ २० गते देखि २५ गतेसम्म १५ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि र ६० हजार कर्मचारीको लागि छुट्याएर बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापीटलले गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्