Shikhar Insurance
National Life

एसईईको नतिजा प्रकाशित, ४ लाख ९५ हजार बढी उर्तिणले यी वेव साइटबाट हेर्नुस् रिजल्ट

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १६:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०७८ सालमा लिईएको एसईई परीक्षाको नतिजा बुधबार प्रकाशन गरेको हो ।

सो वर्ष ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी भएकोमध्ये २ लाख ४७ हजार ८ सय १९ जना पुरुष, २ लाख ४७ हजार ९ सय ६ महिला र २६ जना अन्य गरी कुल ४ लाख ९५ हजार ७ सय ५१ जना उर्तिण भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उर्तिणमध्ये ३.६० देखि ४ जीपीए ल्याउने ९ हजार ६ सय ३३ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ४१ हजार ६ सय २७ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ६९ हजार ९ सय जना, २.४० देखि २.८० जीपीए ल्याउने ९० हजार ७ सय ५८ जना, २ देखि २.४० जीपीए ल्याउने १ लाख १२ हजार ७ सय ३३ जना, १.६ देखि २ जीपीए ल्याउने १ लाख ५ सय ९४ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ३ हजार २ सय ८० जना रहेका छन् ।

बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट हेर्न सकिने ब्यबस्था गरेको छ। बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्थालाई अनुमति दिदै नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्