Shikhar Insurance
National Life

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा शिवम सीमेन्टको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १५:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४४ अंकले घटेको नेप्से आज भने बढेको हो ।

नेपाल स्टक एक्चेन्ज(नेप्से) का अनुसार बुधबार परिसूचक २३ दशमलब ८३ अंक अर्थात १.१४ प्रतिशतले बढेर २ हजार १११ दशमलब ९९ को विन्दुमा बन्द भएको छ । त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४ दशमलब ५३ अंक अर्थात १.१४ प्रतिशतले बढेर ४ सय २ दशमलब ९२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन कारोबारमा आएको १२ वटा समूहगत उपसूचकहरु बढेको छ । भने व्यपार समूह घटेको छ । बढेको उपसूचक मध्ये सबैभन्दा बढी फाइनान्स समूह ४.१३ प्रतिशतले बढेको छ ।

आज दिनभरीमा २२७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ७० करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको १५६ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढेकोे दिन तिन कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । जानाकी फाइनान्स, यूनाईटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । नेष्डोको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । भने कुमारी धनबृद्धि योजनाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा आज पनि शिवम सीमेन् शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि अरुण काबेली पावर कम्पनीको १२ करोड ३५ लाख ४३ हजार, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख २१ हजार, नेष्डोको ८ करोड ४८ लाख ४१ हजार र यूनिभर्सल पावर कम्पनीको ८ करोड ४१ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्