Shikhar Insurance
National Life

साउन १९ गतेदेखि लक्ष्मी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको म्युचुअल फण्ड बिक्री खुला गर्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि साउन १९ गततेदेखि बिक्री खुला गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको शुभ लक्ष्मी कोष (खुलामुखी) निष्काशन गर्न लागेको हो। जसमा लगानीकर्ताले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरेको छ । बाँकी ४ करोड २५ लाख इकाई निष्काशन गर्ने उल्लेख गरेको छ । जसमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।

जसमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्