Shikhar Insurance
National Life

प्रेस युनियनमा संस्थापन इतरलाई जिताउने को को हुन ‘किङ मेकर’

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार ११:११
Hyundai
NCELL
NIMB

हेटौंडा । पटक पटक स्थगित भई आठ बर्षपछि यही साउन ६ र ७ गते सम्पन्न भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट संस्थापन इतर समूहले जित हासिल गरेको छ ।

नेपाली कांग्रेसको सुवेच्छुक संगठन मानिने युनियनमा सभापति शेर बहादुर देउवा पक्षधर प्यानलले नराम्ररी पराजय ब्यहोरेको छ । निवर्तमान अध्यक्ष बद्री सिग्देलले संगठनलाई गतिहिन बनाएको आरोप खेपिरहेका बेला समयमै महाधिवेशन गराउन दबाब सिर्जना गर्दै आएको शिव लम्साल टिमले संगठनमा ८० प्रतिशत बढी आफ्नो बर्चश्व कायम राखेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थापन इतर समूहबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । पार्टीमा संस्थापन इतर मानिएका डा। शेखर कोइराला र गगन थापा समूहबाट लम्साल र दिपक आचार्य अध्यक्षको दौडमा थिए । तर अन्तिम अवस्थामा आचार्यले लम्साललाई साथ दिंदै टिम विजयी गराउन मैदानमा खटिएका थिए ।

निवर्तमान महासचिब समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लम्साल टिमलाई जिताउन खुलेरै लागे । देशभरका केन्द्रीय प्रतिनिधिहरुसँग प्रत्यक्ष जोडिएका शिवाकोटी अग्रज पत्रकारहरु भन्दा पनि बढी क्रियाशील देखिएका थिए । दुई दिनसम्म चलेको महाधिवेशनमा उनी अधिकांश समय महाधिवेशन भइरहेको स्थान रोयल पार्टी प्यालेस परिसर र हेटौंडाका विभिन्न स्थानमा प्रतिनिधिहरुसँग छलफलमा ब्यस्त देखिन्थे । सक्रिय पत्रकारिताबाट अलग रहेर पार्टीको भूमिकामा रहेका शिवाकोटी लम्साल प्यानललाई विजयी गराउन अधिकांश समय मैदानमा खटिएका थिए।

देशभरबाट आएका अधिकांश केन्द्रीय प्रतिनिधिहरुसँग नजिक रहेका उनले लम्साल प्यानललाई विजयी गराउन मैदानमै बसेर पटक पटक निर्देशन दिने र चुनावी रणनीति बनाउन खटिने गरेका थिए। उनको रणनीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याएर लम्सालको प्यानल विजयी भएको बताइन्छ । टिम निर्माणमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्ष तारानाथ दाहाल, युनियनका पूर्वअध्यक्ष किरण पोखरेल खटिएका थिए । त्यस्तै युनियनका नेता पोषण केसी, रामजी दाहाल, जगत नेपाल, मोती पौडेल पनि अधिकांश समय मैदानमा भेटिएका थिए । डा. शेखर कोइरालाको सचिवालयबाट भने उनका सहयोगी दिनेश थपलिया सक्रिय थिए । शिवाकोटीसँगै दाहालद्वय, केसी, नेपाल र पोखरेलद्वयको उपस्थितिले चुनावी माहोल एकाएक लम्सालतिर मोडिएको प्रतिनिधिहरुको भनाई छ । डा। कोइराला–थापा निकटका अन्य केही अग्रज पत्रकार र कांग्रेस नेताहरु भने मंहगो होटलमा बसेर खर्च बढाउने मात्रै गरेको आरोप लागेको छ ।

संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेर पराजय ब्यहोरेका कोषाध्यक्ष सरोज अधिकारीले संस्थाको रकम हिनामिना गरेको, हिसाब पारदर्शी नराखेको, युनियनकै केन्द्रीय कार्य समितिलाई गुमराहमा राखेर संस्थामा मनपरी गरेको कुरा बन्दसत्रमै उठेपछि संस्थापन पक्षको चुनावी माहोल थप विग्रिएको थियो । जसको प्रत्यक्ष फाइदा इतर पक्षले उठाएको छ ।

असारको २६ गतेसम्म उपचारको शिलशिलामा दिल्लीमा रहेका शिवाकोटीले दिल्लीमा रहँदै आफ्नो प्यानल विजयी गराउन देशभरका प्रतिनिधिहरुसँग संवाद गरिरहेका एक निर्वाचित पदाधिकारीले बताएका छन् । नेपाल आएपछि कमलपोखरीमा रहेको शिवाकोटीको सम्पर्क कार्यालयमा दैनिक दर्जनौ प्रतिनिधि र उम्मेदवारहरुलाई बोलाएर निर्देशन दिनुका साथै उम्मेदवार व्यवस्थापनमा गहन भूमिका निर्वाह गरेका थिए । संस्थापन पक्षको कमजोरी केलाएर शिवाकोटीले रणनीति बनाएकै कारण इतर पक्षले आफ्नो बर्चश्व कायम गरेको एक पूर्व पदाधिकारीले बताएका छन् । जसका कारण बलिया मानिएका सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले पराजित गरिदिए ।

महासचिवमा अवसरका लागि संस्थापन पक्ष पुगेर उम्मेदवार बनेका जगन्नाथ दुलालको नमिठो हार भएको छ । झन्डै दोब्बर मतान्तरले पराजित गर्दै संस्थापन इतर समूहका दिलिप पौडेलले महासचिबको बागडोर सम्हालेका छन् । खुला दुई उपाध्यक्षमा भने लम्साल प्यानलका नकुल अर्याल र संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

उपाध्यक्ष महिलातर्फ इतर पक्षकै सलोजा दाहाल र उपाध्यक्ष समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्वाचित भएका छन् । उपाध्यक्ष प्रदेश नम्बर १ तर्फ डिल्लीराम खतिवडा र मधेश प्रदेशतर्फको उपाध्यक्षमा अनिल कर्ण विजयी भएका छन् ।

बागमती प्रदेश उपाध्यक्षमा डा. मुरारी अधिकारी, गण्डकी प्रदेशको उपाध्यक्षमा ऋषिकान्त पौडेल, लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल, कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की र सुदूरपश्चिम उपाध्यक्षतर्फ प्रेम चुनारा निर्वाचित भए भने उपाध्यक्ष उपत्यकातर्फ जीवन भण्डारी विजयी भए । भण्डारीले पनि आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत ल्याएका थिए । उनीहरु सबै इतर समूहकै हुन ।

उप–महासचिव खुलातर्फ पनि इतर पक्षले कब्जा जमाएको छ । युवराज गौतम, कमल पन्त र रविन्द्र सुवेदी उपमहासचिबमा विजयी भए । गौतमले लोकप्रिय मत ल्याए भने उप–महासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी र सुलोचना गौतम निर्वाचित भएका छन् । उप–महासचिव समावेशीतर्फ अभयकुमार राई निर्वाचित भए । जसमा अधिकारी संस्थापन पक्षकी हुन । त्यस्तै सचिब लगायतका पदहरुमा पनि इतर समूहको बलियो उपस्थिति भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्