Shikhar Insurance
National Life

नेपाल इन्भेष्मेण्ट बैंकको खुद नाफा ४ अर्ब नाघ्यो, लाभांश क्षमता ११.१३ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेटमेण्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिघल्लो आवको तुलनामा १४.८३ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । गत असार मसान्तसम्म बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१३ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५ अर्ब ९४ करोड रुपौयँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ६.३७ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ९ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै १ अर्ब ६२ करोड रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा ४ अर्ब नाघ्न सहयोग भएको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४७ प्रतिशत, सीडी रेसियो ८५.१४ प्रतिशत, बेसरेट ८.५४ प्रतिशत र स्प्रेडरेट ४ प्रतिशत कायम छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा, मूल्य आम्दानी अनुपात ११.८७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्