कठमाडौं । एसईईको नजिता नेपाल टेलिकमको बिभिन्न सेवाहरुबाट हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नजिता कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।
कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
वेबसाइट – नेपाल टेलिकमको वेबसाइट जततउकस्ररकभभ।लतअ।लभत।लउर मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्