Shikhar Insurance
National Life

हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा उपचार सेवा दिने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १०, मंगलवार १८:१६
Hyundai
NCELL
NIMB

रसुवा । जनैपूर्णिमाका अवसरमा तीर्थस्थल गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ हिमालय उद्धार सङ्घले चिकित्सक टोली तयार गरेको छ ।

तीर्थ जाँदा लेक लाग्नेलगायत शरीरका विविध समस्या तत्काल हटाइ भक्तजनलाई धार्मिक यात्रा सहज पार्न सङ्घले उक्त टोली तयार गरेको हो । सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालका अनुसार पुत्रदा एकादशीअर्थात् यही साउन २३ देखि २७ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमै शिविर खडा गरी अक्सिजन एवं आवश्यक औषधिसहितको छ सदस्यीय टोलीले २३ गतेदेखि गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिसक्ने र शिविर सञ्चालनको सबै खर्च सङ्घले बेहोर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गोसाइँकुण्डमा बसेर सङ्घले २५ वर्षदेखि उपचार सेवा दिँदै आएको र सेवा जनहितकारी भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस्तै गोसाइँकुण्डको प्राथमिक उपचारको जिम्मा सङ्घको हुने र लौरीविनायक, चोलाङ्पाटी, चन्दनबारी तथा देउराली क्षेत्रमा उपचार गर्ने संस्थाको नामावली दुईचार दिनमा तय भइसक्ने समितिका अध्यक्ष सञ्जीव डिएमले बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्