Shikhar Insurance
National Life

मंगलबार घट्यो सेयर बजार, कारोबार रकम भने ३ अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १०, मंगलवार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेसँगै दुई दिन बढेको सेयर बजार आज भने घटेको हो । गत शुक्रबार राष्ट्र बैंकले ४.१२ को नीति सम्बोधन गरेपछि दुई दिनमा नेप्से परिसूचक करिब ११५ अंकले बढेको थियो ।

मंगलबार नेप्से परिसूचक ४४.८० अंकले घटेर २,०८८.१६ को विन्दु बन्द भएको छ । त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९९ अंकले घटेर ३९८.३९ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन कारोबारमा आएका १६५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम सीमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको १९ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै अरुण काबेलीको १५ करोड ५७ लाख ८ हजार, अरुण भ्याली हाइड्रोपावरको, १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख ५९ अजार र राधि विद्दुत कम्पनीको ८ करोड ३५ लाख २९ हजार रुपैया बराबरको सेयर खरिदबिक्री भएको छ ।

मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले बढेको छ । सुर्येदय उर्मी लघुवित्तको ६.७२ प्रतिशत र यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको ६.१९ प्रतिशतले बढेको छ ।

आज दिनभरीमा २२२ कम्पनीको ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर रु ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँमा खरिदबिक्री भए ।

मंगलबार कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी अन्य उपसूचकको ३.५६ प्रतिशतले घटेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्