Shikhar Insurance
National Life

एभरेष्ट बैंकले २ अर्ब बराबरको ऋणपत्र साउन १८ गतेदेखि बिक्री गर्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १०, मंगलवार ०८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बरारबको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले सर्वसाधारणहरुमा ६ वर्षको लागि २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ सर्वसाधारणहरुका लागि बिक्री खुला गर्न लागेको हो । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ६ वर्षको अवधिका लागि सो ऋणपत्र बिक्री गर्ने लागेको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिकित्ता १ हजार मूल्य अंकित २ अर्ब रुपैयाँ बराबरको कुल २० लाख कित्तामा इच्छुक लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । माग अनुसारको आवेदन नपरेमा ढिलोमा भदौ १ गतेसम्मको बिक्री खुला गरिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अघिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम २५ किलदेखि अधिकतम २० लाख कित्तासम्म नै आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

‘एभरेष्ट बैंक डिबेञ्चर २०८५’ को २० लाख ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्