काठमाडौं । नेपाल राष्ट्र बैंकको विषेश निरिक्षणमा ५ वटा वाणिज्य बैंक परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा केन्द्रीय बैंकले गम्भिर गल्ती गरेको शंका गर्दै गुनासो तथा उजुरीको आधारमा यी वाणिज्य बैंकहरुमा विषेश निरिक्षण गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागद्वारा सार्वजनिक ‘बैंक सुपरिवेक्षण रिपोर्ट २०२०/२१’ अनुसार सो अवधिमा बैंक अफ काठमाण्डू, सनराइज बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंकमा विषेश निरिक्षण भएको हो ।
जोखिममा आधारित निरिक्षण सम्बन्धित सुपरिवेक्षणले नियमति गरिरहेको हुन्छ तर यसबीचमा प्रहरी, अख्तियार, सम्पती शुद्धिकरण लगायत व्यक्तिगत रुपमा आएका उजुरी वा गुनासोको आधारमा बैंकहरुमा विषेश निरिक्षण हुन्छ । राष्ट्र बैंकले अघिल्लो आवमा उजुरी कै आधारमा ५ वटा वाणिज्य बैंकमा विषेश निरिक्षण गरेको हो ।
राष्ट्र बैंकले उजुरीको आधारमा बैंकहरुको विषेश निरिक्षण गर्दा सोही उजुरीमा सम्बद्द रहेर अधिकतम १ साता भित्रै सम्पन्न गर्ने गरेको छ । निरिक्षणको प्रतिवेदनले औलाएका विषयलाई राष्ट्र बैंकले थप अध्ययन गरी आवश्यक कारवाही अघि बढाउने र सम्बन्धीत निकायमा रिपोर्ट पेश गर्ने गर्छ ।
यसबाहेक राष्ट्र बैंकले उक्त आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकमा स्थलगत र गैर स्थलगत निरिक्षण तथा सुपरिवेक्षण गरेको छ । सो आवमा सिटिजन्स बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, नबिल बैंकमा नेपाल बंगलादेश बैंक, मेगा बैंक र प्राइम बैंकमा राष्ट्र बैंकले यस्तो निरिक्षण तथा सुपरिवेण गरेको हो ।
यी बैंकहरुमा गरेको सुपरिवेक्षणको क्रममा एएमएल/सिएफटी, बैंकको सम्पति तथा दायित्व र तरलता जोखिम, चुक्ता पुँजी, कर्जा/निक्षेप र जोखिम, खराब कर्जा, गैर बैंकिङ सम्पति, प्राथमिकता प्राप्त क्षेत्रको कर्जा, विपन्न वर्ग कर्जा, डिजिटल बैंकिङ, ब्याजदर, कर्मचारी व्यवस्थापन लगायतको सम्पुर्ण वित्तीय विवरणको अनुगमन तथा निरिक्षण गर्छ ।
प्रतिक्रिया दिनुहोस्