Shikhar Insurance
National Life

सेयर बजारमैत्री मौद्रिक नीतिमा नेप्सेको उकालो यात्राः सोमबार ५४.४५ अंकको वृद्धि

७ कम्पनीमा पोजेटिभ सर्किट
सिंहदरबार संवाददाता
२०७९ श्रावण ९, सोमबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर लगानीकर्ताको केही माग नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रा शुरु भएको छ । गत शुक्रबार केन्द्रीय बैंकले सेयर धितो कर्जाको ४/१२ नीति, मर्जर हुँदा सेयर रोक्का नीति लगायतमा सम्शोधन गरेको थियो ।

त्यसयता लगानीकर्ताहरु मनोबल उच्च बनाउँदै सेयर बजारमा लगानी बढाउँदा आइतबार नेप्से ६१.०५ अंकले बढेर २ हजार ७८.५१ विन्दुमा बन्द भएको थियो । साताको दोस्रो कारोबार दिन (आज) सोमबार समेत ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२.९६ विन्दुमा बन्द भएको छ । सो दिन २१४ कम्पनीका कुल ९९ लाख ४४ हजार ४८ कित्ता सेयर कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आइतबार २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टको १ अर्ब ५२ करोड रुपैयाा बराबरको कारोबार भएको हो ।

सोमबार नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा मञ्जुश्री फाइनान्सको ९.५ प्रतिशत ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् । सो दिन ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । जसमा नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्