Shikhar Insurance
National Life

राष्ट्र बैंक मुद्रास्फीति अपेक्षा सर्वेक्षण भन्छः ३ महिनापछि मूल्यवृद्धि १४% पुग्छ

सबैभन्दा बढी कृषि जन्य खाद्य वस्तुको वृद्धि
सिंहदरबार संवाददाता
२०७९ श्रावण ९, सोमबार १४:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी ३ महिनापछि नेपालको मूल्यवृद्धि १४ प्रतिशत पुग्ने नेपाल राष्ट्र बैंकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ प्रतिवेदनले देखाएको छ । केन्द्रीय बैंकले ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना पछि एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहने उल्लेख गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वेमा सहभागी ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ । तीन महिना पछिको मध्य ९ःभमष्बल० अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ ।

एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्