Shikhar Insurance
National Life

९ वाणिज्य बैंकको खुद नाफा पौने २५ अर्ब,नाफाको ग्रोथमा एनसीसी र लाभांशमा ग्लोबल आइएमई अघि

लाभांश क्षमता औषत १२ प्रतिशत
सिंहदरबार संवाददाता
२०७९ श्रावण ९, सोमबार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये ९ वटाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी बैंकहरुले गत आवको असार मसान्तसम्म कुल २४ अर्ब ८१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवमा यी आठ वाणिज्य बैंकहरुले कुल १९ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवको वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुमा एनआइसी एशिया, ग्लोबल आइएमई, सनराइज, सानिमा, प्रभु, सिटिजन्स, लक्ष्मी, माछापुच्छ्रे र एनसीसी बैंक रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खुद नाफामा एनसीसीको ग्रोथ अब्बल
वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी एनसीसी बैंकले खुद नाफामा वृद्धि गरेको छ भने, सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।
एनसीसी बैंकले गत आवमा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी २ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफाको उच्च ग्रोथको दोस्रो नम्बरमा प्रभु बैंक छ । बैंकले अघिल्ले आवमा आर्जत खुद नाफामा ५१.११ प्रतिशतले वृद्धि गरी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकले गत आवको असार मसान्तसम्म २५ प्रतिशतले खुद नाफामा वृद्धि गरी कुल ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवमा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, नाफाको वृद्धिमा सनराइज बैंक तेस्रोे नम्बरमा छ । बैंकले गत आवमा ४८ प्रतिशतले वृद्धि गरी २ अर्ब १५ करोड रुपैयाँ पुर्याएको हो । साथै, एनआइसी एशिया बैंकले अघिल्लो आवको खुद नाफामा ३८.८६ प्रतिशतले वृद्धि गरी गत आवमा ४ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरी गत आवमा २ अर्ब १६ करोृड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको सिटिजन्स बैंकले गत आवमा २४.७६ प्रतिशतले वृद्धि गरी २ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । साथै लक्ष्मी बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा १.७६ प्रतिशतले वृद्धि गरी गत आवमा १ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सानिमा बैंकको खुद नाफा भने घटेको छ । अघिल्लो आवमा सानिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा १.०७ प्रतिशतले घटेर गत आवमा बैंकको खुद नाफा २ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ ।

सेयरधनीलाई लाभांश वितरण क्षमतामा एनआइसी एशिया अब्बल
गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने ९ वाणिज्यले कुल १४ अर्ब ६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा कुल १२ अर्ब ८८ करोड रुपैयाँ थियो ।

यी ९ वाणिज्य बैंकमध्ये गत आवमा सबैभन्दा बढी वितरण योग्य नाफा ग्लोबल आइएमई बैंक छ । साथै, एनआइसी एशिया दोस्रो र तेस्रोमा सानिमा बैंकको वितरण योग्य नाफा बढी छ ।
गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको मौज्दात चुक्तापुँजी र आर्जित वितरण योग्य नाफालाई गणना गर्दा गत आवको नाफाबाट यी बैंकहरुले सेयरधनीलाई औषतमा १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । साथै संस्थागत रुपमा गत आवको नाफाबाट ९ वाणिज्य बैंकहरुले न्यूनतम २.५३ प्रतिशतदेखि १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।

जसमा सबैभन्दा बढी सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता एनआइसी एशिया बैंकको रहेको छ । ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआइसीले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

यस्तै, २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । साथै, ११ अर्ब १३ करोड रुपैयाा चुक्ता पुँजी भएको एनसीसी बैंकले गत आवमा १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।

सानिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

गत आवको असार मसान्तसम्म माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १४ अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

लक्ष्मी बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

गत आवमा सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । साथै, १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको सनराइज बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्