Shikhar Insurance
National Life

मन्दाकिनी हाइड्रोपावर आइपीओमा आजदेखि आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ९, सोमबार ०७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते आजदेखि साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ११ लाख ७६ हजार ७३ कित्ता आइपीओमा साउन १२ गतेसम्मको लागि आवेदन खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल कित्तामध्ये २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि, ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १२ गतेसम्म मागबमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिने समय थप हुने उल्लेख छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरोसेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्