काठमाडौँ । डिएचआइ इलेक्ट्रोनिक्स प्रालीले डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाल भित्र्याएको छ । राजधानीमा एक कार्यक्रम मार्फत कम्पनीले डिएचआइ ब्रान्डका बिभिन्न उत्पादनहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले डिएचआइका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगयतका अन्य घरेलु उपकरणहरु नेपाली बजारमा उपलब्ध गराएको हो ।
देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डिएचआइका विद्युतीय उपकरणहरुले महत्चपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डि एच आइ ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मदत गर्नेछ ।
डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भन्छन्–‘डि एच आइ होम एप्लायन्स का नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । हामीले डि एच आइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौ र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौँ ।’
डिएचआइ इलेक्ट्रोनिक्सले करीब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी डिएचआइ ब्रान्ड अन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको हो । यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशिघ्र सम्बोधन गर्न नेपालभरी आफ्नो सेवा सन्जाल समेत बिस्तार गरिएको छ ।
यसका साथै डिएचआइ इलेक्ट्रोनिक्स नेपालकै एक विश्वसनीय संस्था डिशहोमको भगिनी संस्था भएकोले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्नेछ । डि एच आइ ह्यापियर होम, छुट्टै छ है भन्ने नारा बोकेको डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस्