Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकको खुद नाफा ५५.६९ प्रतिशतले वृद्धि, लाभांश क्षमता १४.५९ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण ८, आईतवार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफा ५५.६९ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा ६९ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आवसम्म ४२ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै सो अवधिमा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात १६.५८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ७७ रुपैयाँ १९ पैसा रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्