Shikhar Insurance
National Life

धौलागिरि लघुवित्तले साउन २४ गतेदेखि ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण ८, आईतवार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ मूल्य अंकित ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ साउन २९ गतेसम्मका लागि बिक्री खुला गर्ने भएको हो ।

संस्थाद्वारा जारी गरिने कुल आइपीओमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याइउको छ। सो आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । ढिलोमा भदौ ७ गतेसम्म बिक्री खुला हुने संस्थाको आइपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्