Shikhar Insurance
National Life

सनराइज बैंकका खुद नाफामा ४८.६९% को वृद्धि, लाभांश क्षमता र अन्य वित्तीय सुचांक कस्तो ?

सिंहदरबार संवाददाता
२०७९ श्रावण ७, शनिबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले ४८.६९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफामा बैंकले ७० करोड रुपैयाँ बढी थप गर्दै गत आवको सोही अवधिमा २ खर्ब १५ करोड नाफा कमाएको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको वितरण योग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ कयम हुँदा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २.५३ प्रतिशत लाभांश बाढ्न सक्ने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २९.९७ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकको सञ्चालन नाफा १९.९० प्रतिशतले वृद्धि भएर २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ६५ रुपैयाँ २९ पैसा, तरलता अनुपात २५.१३ प्रतिशत र मूल्य आम्दानी अनुपात ९.७४ रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, बेसरेट १०.०१ प्रतिशत, स्प्रेडदर ४.३७ प्रतिशत र सीडी रेसियो ८६.३० प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्