Shikhar Insurance
National Life

लक्ष्मी बैंकको खुद नाफा साढे १ अर्ब बढी, लगानीकर्तालाई १०.८७% लाभांश बाँढ्न सक्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ७, शनिबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा लक्ष्मी बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकलेृ गत आवमा यस्तो नाफा १.७६ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकद्वारा प्रकाशित गत आवको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश बाँढ्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा बैंकले १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.२७ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले सञ्चालन आम्दानी समेत २.१७ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ९९ रुपैयाँ, तरलता अनुपात २१.८८ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.३३ रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.८९ प्रतिशत, बेसरेट ७.६२ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र सीडी रेसियो ८८.९९ प्रतिशत कायम छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्