Shikhar Insurance
National Life

सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १२ करोड, लाभांश क्षमता १० प्रतिशत बढी

सिंहदरबार संवाददाता
२०७९ श्रावण ७, शनिबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस्तो नाफामा एक वर्षमै २४.७६ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम रहँदा गत आवको नाफाबाट बैंकले सेयर लगानीकर्तालाई १०.२८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी समेत ४०.२९ प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ५२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको असार मसान्तसम्म १.६४ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवको सोही अवधिमा १.८७ प्रतिशत पुगेको छ । साथै, सो अवधिमा बैंकको बेसरेट ७.५५ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत र सीडी रेसियो ७७.४२ प्रतिशत रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा, मूल्य आम्दानी अनुपात १२ रुपैयाँ ७७ पैसा, तरलता अनुपात २५.२५ प्रतिशत र प्रतिसेयर कुल सम्पति मूल्य १ हजार ३ सय ७० रुपैयाँ ०६ पैसा रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्