Shikhar Insurance
National Life

नयाँ मौद्रिक नीतिमा लघुवित्त क्षेत्रः कर्जाको ब्याजदर तोकियो, ऋणपत्र जारी गर्न पाइने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार १७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । केन्द्रिय बैंकले लघुवित्त वित्तीय संस्थाहरको लागि आधा दर्जर बुँदामा नयाँ व्यवस्था गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गरेको हो ।
जसमा बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । यसले गर्दा लघुवित्त संस्थाहरुले निर्धारित ब्याजदरमा बैंक तथा वित्ती संस्थाबाट कर्जा सापटी लिएर विपन्न वर्गमा लगानी गर्न पाउनेछन् ।

यस्तै, लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिने उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने नयाँ मौद्रिक नीतिले उल्लेख गरेको छ । आव २०७९/८० को बजेट वक्तव्यबमोजिम नेपाल सरकारको समेत लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना भएपश्चात पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक सहजीकरण उल्लेख छ ।

साथै, बजेट वक्तव्यबमोजिम कृषि कर्जामा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानूनी, संस्थागत र कार्य संचालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिने नयाँ मौद्रिक नीतिमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्