काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)लाई मर्जर तथा एक्विजिशनमा पठाउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत गभर्नर महाप्रसाद अधिकारीले निफ्रालाई मर्जर तथा प्राप्ति प्रक्रियामा पठाउने व्यवस्था गरेका हुन् ।
मौद्रिक नीति अनुसार पूर्वाधारका क्षेत्रमा मात्रै लगानी गर्ने गरि स्थापना भएका अन्य वित्तिय संस्थासँग निफ्रालाई मर्जर तथा एक्विजिशनमा पठाइनेछ । निफ्रालाई एचआईडीसीएलसँग मर्जरमा पठाउने योजना अनुसार मौद्रिक नीतिमा नयाँ व्यवस्था अघि सारिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख डा. गुणाकरण भट्टले बताए । राष्ट्र बैंकले केहि समय अघि मात्रै हाइड्रो इलेक्ट्रिसीटी डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)लाई वित्तिय संस्थाको मान्यता दिएको थियो । निफ्राको पुँजी वृद्धि गराउने योजनासहित मर्जर तथा एक्विजिशन प्रक्रियामा पठाउन लागिएको मौद्रिक नीतिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्