Shikhar Insurance
National Life

कर्जा वृद्धिको लक्ष्य घट्यो, ब्याजदर बढाइयो

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदरलाई घटाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।

राष्ट्र ब्रैंकले मुद्राप्रदाय विस्तारको सीमा घटाइएर १२ प्रतिशतमा सीमित गर्दै निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदरलाई पनि १२.६ प्रतिशतमा झारेको हो । गत वर्ष राष्ट्र बैंकले मुद्राप्रदाय विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदरलाई १९ प्रतिशतमा राखेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, गभर्नर अधिकारीले ब्याजदर करिडोर अन्तरगतको दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी बैंकदर बढाएर साढे ८.५ प्रतिशत, नीतिगतदर ७ प्रतिशत र निक्षेप संकलनदर ५ प्रतिका कायम गरेका हुन् । अन्तर बैंकदरको ब्याजदर नीतिगतदरको भन्दा २ प्रतिशत बिन्दुले तलमाथि भएका रिपोको बोलकबोल खुला गरिने उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्