Shikhar Insurance

तीन वाणिज्य बैंकको कुल व्यवसाय नबिल बैंकले एक वर्षमै गर्यो, खुद नाफा पौने ६ अर्ब पुग्ने !

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले ३ वटा वाणिज्य बैंकले स्थापना कालदेखि हालसम्म गरेको व्यवसाय एक वर्षमै गर्न सफल भएको छ । बैंकले सिभिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सेञ्चिुरी बैंकको कुल व्यवसाय गत आर्थिक वषमै गरेको हो ।

नबिल बैंकले अघिल्लो आवको असार मसान्तसम्म कुल २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा गत आवको सोही अवधिमा कुल ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले एक वर्षको अवधिमै १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँ निक्षेप थप गरेको हो ।

Citizen Life
Kumar Bank

जुन सिभिल बैंकले संकलन गरेको कुल निक्षेपभन्दा ५ अर्ब ५२ करोड रुपैयाँ बढी हो । सन् २०१० देखि सञ्चालनमा आएको सिभिल बैंकले गत आवको असार मसान्तसम्म कुल ९६ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । विगत १२ वर्षयता सिभिल बैंकले संकलन गरेको निक्षेपभन्दा नबिल बैंकले एक वर्षमै संकलन गरेको निक्षेको परिमाण बढी छ ।

यस्तै, कर्जातर्फ पनि सिभिल बैंकसँगै सेञ्चुरी कर्मर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा प्रवाहित कुल कर्जाभन्दा नबिल बैंकको एकवर्षको प्रवाहित कर्जाको परिमाण बढी छ ।

नबिल बैंकले अघिल्लो आवको असार मसान्तसम्म कुल २ खर्ब ५ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा गत आवको सोही अवधिमा ३ खर्ब ९ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । बैंकले गत आवमै १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेको हो ।

नबिल बैंकको एक वर्षभित्र प्रवाहित कर्जाभन्दा सेञ्चुरी बैंकले १२ वर्ष, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३५ वर्ष र सिभिल बैंकले १२ वर्षमा प्रवाहित कर्जाको परिमाण थोरै छ । नेपाल सन् १९८७ साल देखि कारोबार सुरु गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म कुल ८९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन नबिल बैंकले एक वर्षमा व्रवाह गरेको कर्जाभन्दा १३ अर्ब ८२ करोड रुपैयाँ कम हो ।

यस्तै, सन् २०११ देखि सञ्चालनमा रहेको सेञ्चिरी बैकले गत आवको असार मसान्तसम्म कुल ९१ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नबिल बैंकले एक वर्षमा प्रवाहित कर्जाभन्दा सेन्चुरीको कुल कर्जा ११ अर्ब ९४ करोड रुपैयाँ कम हो ।

यता, सिभिल बैंक गत आवको असार मसान्तसम्म कुल ८७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन नबिल बैंकले एक वर्षमै गरेको कर्जा प्रवाहभन्दा १६ अर्ब २३ करोड रुपैयाँ कम हो ।

सबैभन्दा अब्बल बन्न नबिल बैंकको प्रयास
गत आर्थिक वर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमा गत आवभित्रै कुल ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थप गरेका हुन् । वाणिज्य बैंकहरुद्वारा संकलित कुल निक्षेप र एक वर्षमा संकलित निक्षेप दुबैमा नबिल बैंक अब्बल छ । गत आवमा वाणिज्य बैंकहरुद्वरा संकलित कुल निक्षेपमा नबिल बैंकको २९.८७ प्रतिशत हिस्सा छ ।

यस्तै, गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा ४ खर्ब ५४ अर्ब रुपैयाँ गत आवमा मात्रै थप गरेका हुन् । गत आवमा वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जामा सबैभन्दा बढी २२.७७ प्रतिशत नबिल बैंकको हिस्सा छ ।

नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये व्यवसाय विस्तार गर्ने नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर सफल भएको हो । बैंकले कुल ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप र कुल ७१ अर्ब १७ करोड रुपैयाँ कर्जा एनबि बैंकलाई प्राप्ति गरी गत आसार २८ गते एकिकृत कारोबार शुरु गरेको छ । एनबि बैंकको व्यवसायलाई समेत आफुमा समाहित गर्दा नबिल बैंक २५ वाणिज्य बैंकलाई व्यवसायमा उछिन्दै सबैभन्दा अब्बल भएको हो ।

एनबि बैंकको निक्षेप र कर्जा बाहेक नबिल बैंकले गत आवको असार मसान्तसम्म कुल २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसमध्ये एक वर्षमा नबिलले १२ अर्ब १८ करोड निक्षेप र ३२ अर्ब २४ करोड रुपैयाँ कर्जा थप गरेको हो ।

खुद नाफा पौने ६ अर्ब पुग्ने
नबिल बैंकले गत आवको ११ महिनासम्म २ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जस वापत बैंकले १८ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दै ३ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, एनबि बैंकले जेठ मसान्तसम्म ८१ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जस वापत बैंकले ७ अर्ब ६० करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दै १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यी दुबै बैंकको ११ महिनासम्मको कुल खुद नाफा ५ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको थियो भने असार मसान्तसम्मको व्यवसाय विस्तार र एनबि बैंकको नाफालाई समेत गर्दा नबिल बैंकले गत आवमा पौने ६ अर्ब रुपैयाँ खुन नाफा आर्जन गर्न सक्ने देखिन्छ । गत जेठ मसान्तसम्म नबिल बैंकले ७१ करोड ९२ लाख रुपैयाँ र एनबि बैंकले १ अर्ब ५४ करोड रुपैयाँ कर्जा नोक्सानी वापत प्रोभिजन गरेको छ ।

नेपाल राष्ट्र बैंकले साउन १५ गतेसम्म प्राप्त साँवा ब्याजलाई समेत असार मसान्तसम्मको आम्दानीमा जोड्न पाउने सुविधा बैंकहरुलाई दिएको छ । उक्त अवधिसम्मको आम्दानी र कर्जा नोक्सानी वापतको हिसाब गर्दा गत आवको खुद नाफा ५ अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा हुन सक्ने नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञावलीको अनुमान छ । गत जेठ मसान्तसम्म नबिल बैंकले ७१ करोड ९२ लाख रुपैयाँ र एनबि बैंकले १ अर्ब ५४ करोड रुपैयाँ कर्जा नोक्सानी वापत प्रोभिजन गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्