काठमाडौं । ग्लोबल आइएमई बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १८ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५० प्रतिशत बढी हो । साथै, गत आवको असार मसान्तसम्म बैंकले १३ अर्ब ४७ करोड रुपैयाँ बढी खुद सञ्चालन नाफा कमाएको छ ।
गत आवको चौथो त्रैमाससम्म बैंकको सीडी रेसियो ७६.३१ प्रतिशत, बेसरेट ६.६० प्रतिशत, स्प्रेडरेट ३.६५ प्रतिशत र खराब कर्जा अनुपात १.४६ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिसेयर मूलय ३ सय १६ रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ११ पैसा र तरलता अनुपात २३.५५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्