Shikhar Insurance
National Life

निफ्राको खुद नाफा साढे २२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी पनि बढ्यो, अन्य सुचक कस्तो?

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार ०७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा साढे २२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा २२.५३ प्रतिशतले वृद्धि गरी गत आर्थिक वर्षमा १ अर्ब २ करोड ६१ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८० करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ९३ लाख रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आवको चौथो त्रैमासम्म ४३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा १ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.२० प्रतिशत बढी हो । साथै, बैंकले सो अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

गत आवको चौथो त्र्रैमाससम्म बैंकको कस्ट अफ फण्ड ९.४० प्रतिशत र प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा थियो । साथै, गत आवको चौथो त्रैमासमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८ रुपैयाँ ०४ पैसा र सीडी रेसियो ६६.२० प्रतिशत रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्