काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् ।
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज शर्मासँग सोधपुछ गरेको थियो ।
उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका छन् । “उहाँले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु ।”
समितिको बैठकमा उहाँले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको दावी गरे. । उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत स्पष्ट पारेका छन् । आफूमाथि लागेको आरोप निराधार रहेकोको दावी छ ।
प्रतिक्रिया दिनुहोस्