Shikhar Insurance
National Life

जीवन बीमा कम्पनीहरु बीमा शुल्क १ खर्ब ३९ अर्ब, बिजनेश ग्रोथमा सन नेपाल पहिलो

प्रभु लाइफ र सिटिजन लाईफ पछि पछि
सिंहदरबार संवाददाता
२०७९ श्रावण ५, बिहीबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । एक वर्षमा जीवन बीमा कम्पनीहरुको व्यवसाय १७.१७ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा २० अर्ब ३७ करोड रुपैयाँले बढी बीमा शुल्क संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आव २०७७/७८ मा कुल १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत आवको असार मसान्तसम्म कुल बीमा शुल्क १७.१७ प्रतिशतले वृद्धि गरी १ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँ कायम गर्न सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जीवन बीमा कम्पनीहरुद्वारा एक वर्षकोे अवधिमा संकलित बीमा शुल्कको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा सबैभन्दा बढी सन नेपालको व्यवसायीक ग्रोथ देखिएको छ । कम्पनीले अघिल्लो आवमा संकलित बीमा शुल्कमा ७६.७६ प्रतिशतले वृद्धि गरी गत आवमा ३ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, सबैभन्दा बढी बीमा शुल्क संकलन वृद्धि गर्नेको दोस्रो नम्बरमा प्रभु लाईफ र तेस्रोमा सिटिजन लाईफ रहेको छ । अघिल्लो आवमा संकलित बीमा शुल्कमा प्रभु लाइफले ७०.९३ प्रतिशतले वृद्धि गरी २ अर्ब ३९ करोड रुपैयाँ र सिटिजन लाइफले ५७.०३ प्रतिशतले वृद्धि गरी गत आवमा ५ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बीमा शुल्क संकलनमा महालक्ष्मीले ४७.६६ प्रतिशत, रिलायबल लाइफले ३३.४७ प्रतिशत, आइएई लाइफले २९.९६ प्रतिशत, ज्योति लाइफले २६.९६ प्रतिशत, रिलायन्स लाइफले २४.२५ प्रतिशत, एशियन लाइफले २३.५५ प्रतिशत, युनियन लाइफले २२.८३ प्रतिशत र प्राइम लाइफले २२.२७ प्रतिशत व्यवसायीक ग्रोथ गरेको छ । अन्य ८ वटा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन भने २० प्रतिशभन्दा तल रहेको छ ।

गत आवमा कुल बीमा शुल्क संकलनतर्फ भने सबैभन्दा बढी नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ, दोस्रोमा एलआइसी नेपाल १८ अर्ब २२ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले १४ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । अघिल्लो आवमा नेपाल लाइप्ले ३१ अर्ब ९६ करोड रुपैयाँ, एलआइसी नेपालले १७ अर्ब ४ करोड रुपैयाँ र नेशनल लाइपले १२ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

बीमा शुल्क रु. कराेडमा

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्