Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकले कमायो साढे ४ अर्ब रुपैयाँ खुद नाफा, खराब कर्जा ०.४९ प्रतिशतमा सीमित

सिंहदरबार संवाददाता
२०७९ श्रावण ५, बिहीबार ०९:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकले साढे ४ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७८ मा ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकले ३९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।
बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ११ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो अबको सोिही अवधिमा बैंकले ९ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रति शेयर आम्दानी तर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २ सय १७ रुपैयाँ ५२ पैसा, मूल्य आम्दानी अनुपात १७ रुपैयाँ ७९ पैसा, आधारदर ९.२५ प्रतिशत, स्प्रेडदर ४.४०, सीसी रेसियो ८६.२६ प्रतिशत र पुँजी कोष अनुपात १३.५१ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्